२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

कतारमा मनाइयो ११५औं अन्तर्राष्ट्रिय नारी दिवस

shivam cement
तिलु शर्मा पौडेल
२०८१ चैत २ गते १६:०५
कतारमा मनाइयो ११५औं अन्तर्राष्ट्रिय नारी दिवस

दोहा, कतार : कतारमा ११५औं अन्तर्राष्ट्रिय नारी दिवस रक्तदान र इफ्तार कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । नेपाली महिला समाज कतारले नारी दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको रमजान परेकाले पुण्यको काम "रक्तदान र इफ्तारी कार्यक्रम"को आयोजना गरेको हो ।

शुक्रवार बिहान नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद हस्पिटलको राष्ट्रिय ब्लड डोनेसन सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ५० जना नेपालीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित आयोजक संस्थाका प्रतिनिधि, कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि, पत्रकार बुद्धिजीवी, समाजसेवी, व्यवसायीलगायत १७५ जनाको उपस्थिति रहेको नेपाली महिला समाज कतारका अध्यक्ष माया केसीले जानकारी दिइन् ।

शुक्रबार साँझ समाजले सनैयाको स्ट्रिट नं. ४३ मा अवस्थित श्रमिकहरूको वासस्थानमा पुगेर १५० जना श्रमिकहरूलाई इफ्तारी उपलब्ध गराएको छ । समाजका अध्यक्ष केसी, समाजका  विभिन्न पदाधिकारी, एनआरएनए आईसीसी सदस्य तेज कटुवाल, पत्रकारलगायतका विभिन्न व्यक्तिहरू इफ्तारीसहित त्यहाँ पुगेका थिए । इफ्तारी ग्रहण गरेपछि श्रमिकहरूले महिला समाजलाई धन्यवाद ज्ञापन गर्दै खुसी साटे । हजारौं रियालको खर्च गरेर हलमा गरिने आसन भाषण भन्दा पर रहेर विशुद्ध श्रमिकहरूलाई इफ्तारी उपलब्ध गराइएको समाजकी प्रवक्ता शारदा भुजेलले जानकारी दिइन् । 

महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिलाहरूको समस्या समाधानका साथै सामाजिक कार्यहरू गर्दै आइरहेको छ । समाजले विगतका दिनमा दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक फरक शैलीमा मनाएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise