२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

ठगी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

मध्यान्ह
२०८१ फागुन २६ गते १५:५६
ठगी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौंः ठगी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भइ ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोल बस्ने ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठ रहेका छन् । 

जिल्ला अदालत भक्तपुरबाट २०८० मंसिर २२ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर बागडोलबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

ADV

सम्बन्धित खबर