काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको थियो ।
समृद्धि फाइनान्सले यसअघि आफ्नो इटहरी शाखा र जनकपुर शाखामार्फत् पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यस महिनाभर तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरूमार्फत् संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।