काठमाडौं : चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मी महिनालाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ । स्टे कुल स्टे कम्फर्टेवल भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरू बजारमा ल्याएको हो । कम्पनीले यी कुलरहरूमा १२ महिनाको वारेण्टीसमेत प्रदान गरेको छ ।
कम्पनीकाअनुसार जापनिज प्रविधिबाट निर्मित यी कुलरमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता विशेषताहरूले भरिपूर्ण छन् ।