२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

पश्चिम नेपाल बसका यात्रुले लुम्बिनी केबलकारमा छुट पाउने

मध्यान्ह
२०८१ फागुन १ गते २१:०८
पश्चिम नेपाल बसका यात्रुले लुम्बिनी केबलकारमा छुट पाउने

बुटवल : लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायीहरू र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् । 

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोलपार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

ADV

सम्बन्धित खबर