२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

आइएमईको स्टोरी एम्बेसडरमा साइग्रेस

मध्यान्ह
२०८१ माघ २९ गते २१:०५
आइएमईको स्टोरी एम्बेसडरमा साइग्रेस

काठमाडौं : आइएमई लिमिटेडको स्टोरी एम्बेस्डरमा सन्तोष पोख्रेल ‘साइग्रेस’ नियुक्त भएका छन् । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेसलाई आइएमई लिमिटेडले स्टोरी एम्बेसडरको रुपमा नियुक्त गरेको हो । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत् उनीहरूका घर आगन र परिवार सम्मै पुर्‍याउन मद्दत गर्ने जनाइएको छ । 

नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अव साईग्रेसको आवाजमा सुन्न पाइने आइएमईले जनाएको छ । कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साईग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाई छ । 

साईग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरूलाई आइएमईका सामाजिक प्लेटफर्म यूट्यूव, फेसबुक तथा इन्स्टाग्राम लगायतमा संजालहरूमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ । कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले बताए ।

ADV

सम्बन्धित खबर