२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

सानिमा बैंकद्वारा विद्यालयमा न्यानो लुगा हस्तान्तरण

मध्यान्ह
२०८१ माघ २९ गते २१:०१
सानिमा बैंकद्वारा विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौं : सानिमा बैंकले कालिकोट मान्मका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बैंकको मान्म शाखाका कर्मचारीले विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरेका थिए । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर