२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो 

मध्यान्ह
२०८१ माघ २९ गते ११:३०
कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो 

रामेछापः रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ । सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो । 

चितुवा फार्ममा छिर्ने बित्तिकै फार्मका सञ्चालक नीरज खड्काले माथिल्लो भागको ढोका खोलिदिए पछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए ।  

कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमबार काठमाडौंबाट गएको वन विभागको प्राविधिकसहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको थियो । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए । चितुवालाई सोमबार साँझ काठमाडौं लगिएको हो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर