२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

मध्यान्ह
२०८१ माघ २८ गते २१:२७
जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

जनकपुर : जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । 

जनकपुरको बाह्र बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । चार सय जना भन्दा बढीको उपस्थिति रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरूले सहभागिता जनाएका थिए । उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । 

माइलेज च्याम्पियनमा मोहनकुमार महतोले ९३.६ किमी प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८.२ किमी प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्तप्रसिद शाह दोस्रो र ८६.४ किमी प्रति लिटरको प्रदर्शन गर्दै राहुलकुमार शाह तेस्रो स्थानमा रहेका थिए ।

ADV

सम्बन्धित खबर