काठमाडौं : एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । एसकेले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरका २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।
आईपीओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीरबहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलामा ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।