२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

व्यवसायी अदैको निधन

मध्यान्ह
२०८१ माघ १७ गते १६:०५
व्यवसायी अदैको निधन

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी चन्द्रसिंह अदैको निधन भएको छ । नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनका सदस्य अदैकाे बिहीबार बिहान निधन भएको हो ।

जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिस  प्रा.लि.का संचालकसमेत रहेका ५१ वर्षीय अदै लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए । 

स्व. अदैको बिहीबार नै पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ । स्व. अदैको निधनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाले कर्मठ र जुझारु व्यवसायी गुमाएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

श्रद्धाञ्जलि व्यक्त गर्न  संघका अध्यक्ष राजेन्द्र भण्डारीसहित ठूलो संख्यामा व्यवसायी र जिल्लावासी पशुपति आर्यघाटमा उपस्थित थिए । स्व. अदैका तीन छाेरा र दुई श्रीमती रहेका छन् ।

ADV

सम्बन्धित खबर