२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

बीवाईडीको ‘बीवाईडी शेनजेन’ सार्वजनिक

मध्यान्ह
२०८१ माघ १६ गते २१:५७
बीवाईडीको ‘बीवाईडी शेनजेन’ सार्वजनिक

काठमाडौं : चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल–अन रोल–अफ कार क्यारियर हो । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्‍याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । 

२०२४ मा बीवाईडीले ४ लाख १७ हजार भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो ।

ADV

सम्बन्धित खबर