२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

shivam cement
मध्यान्ह
२०८१ पुष २८ गते ११:३४
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौंः नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन पुनः आग्रह गरेको छ ।

केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो भने आज सूचना सार्वजनिक गर्दै पुनः आग्रह गरेको हो । 

जारी सूचना अनुसार विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएका छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise