२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

गजल

मध्यान्ह
२०८१ पुष २७ गते ०६:१५
गजल

-ज्ञानु विद्रोही

बित्दै छ रात सिंगै फोटो चुमेर तिम्रो
पोल्दै छ सम्झनाले आलो बनेर तिम्रो

छाडेर काख न्यानो धिक्कार टाढिएछु
लाग्दै छ आज यस्तो चिठ्ठी पढेर तिम्रो

हुन्थ्यो यता नआए निद्रा बिथोल्न कैल्यै
झस्केर हेर्छु फोटो राती उठेर तिम्रो

इच्छा रह्यो अपूरै तिम्रो समीप बाँच्ने
मेट्दै छु चाहना ती पूजा गरेर तिम्रो ।

ADV

सम्बन्धित खबर