२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

शीतलहरले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

विनोद निगम
२०८१ पुष २४ गते १०:२८
शीतलहरले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । हुस्सु र शीतलहरले बाटो चिप्लो भई पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहराले ​बताए ।

बुधबार बिहान ३ बजेदेखि एकतर्फी बाटो खुलाए पनि झिम-झिम शीतलहरीको पानीले बाटो चिप्लो भएकाले मालबाहक सवारी सञ्चालनमा अझै कठिनाइ रहेको उनले जानकारी दिए । दुईतर्फी आवागमनका लागि पहल गरिरहेको डिएसपी बोहराले बताए ।

ADV

सम्बन्धित खबर