काठमाडौं : सरकारले सहुलियतमा पार्किन्सन्स रोगको उपचार सेवा ७ वटा अस्पतालबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बागमती प्रदेश र कोशी प्रदेशका ७ वटा अस्पतालबाट सहुलियतमा उपचार सेवा दिने भएको हो ।
बागमती प्रदेशका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, चितवन मेडिकल कलेज र धुलिखेल अस्पताल रहेका छन् । त्यस्तै कोशी प्रदेशका विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोबेल मेडिकल कलेजमा पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने भएको हो ।
यी अस्पतालमा पार्किन्सन्सका बिरामीलाई औषधी, शैया र प्रयोगशाला सेवा उपलब्ध गराइने छ । यस्ता खालका बिरामीलाई १ लाखसम्मको उपचार खर्च उपलब्ध गराइने छ ।
यो सेवा प्राप्त गर्न विपन्न बिरामीले स्थायी बसोबास भएको वडाको सिफारिससहित सम्बन्धित अस्पतालमा सम्र्पक गर्न सक्ने छन् ।