२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

shivam cement
मध्यान्ह
२०८१ पुष १९ गते २०:३३
नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुुस १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमांक रकम पाँच लाख र अधिकतम बीमांक रकम एक करोड रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।

यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधि सम्म लिन सकिने छ । यस योजना अन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनले बताए ।

सो कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise