२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

नक्कली डाक्टर बनी लुटपाट गर्ने पक्राउ

shivam cement
मध्यान्ह
२०८१ पुष १२ गते १४:५५
नक्कली डाक्टर बनी लुटपाट गर्ने पक्राउ

काठमाडौंः नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भइ ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो । 

पीडितलाई सामाजिक संजाल फेसबुकमार्फत साथी बनाइ आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गइ सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई वेहोस बनाइ कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । 

उनलाई चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise