२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

एमबीबीएस छनोटमा दोस्रो स्थान प्राप्त गर्नेलाई सम्मान

ओमप्रकाश यादव
२०८१ पुष ५ गते २१:०७
एमबीबीएस छनोटमा दोस्रो स्थान प्राप्त गर्नेलाई सम्मान

रौतहट : रौतहट माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले एमबीबीएस छनोट परीक्षामा देशमै दोस्रो स्थान प्राप्त गरेका माधव नारायण नगरपालिका –७ फूलवारियाका विद्यार्थी मधुसुधन प्रसाद साहलाई सम्मान गरेका छन् ।

केही दिनअघि भएको छनोट परीक्षामा देशमै दोस्रो स्थान हासिल गरी नगरपालिका र रौतहटको गौरव बढाएको भन्दै नगर प्रमुख यादवले सम्मान गरेका हुन् । उनले आफ्नै कार्यकक्षमा विद्यार्थी साहलाई सम्मानित गर्दै शिक्षामा अझै प्रगति गर्न शुभकामना दिए । शिक्षा, साक्षरतामा देशको ७७औं स्थानमा रौतहट जिल्ला रहेको छ । 

एमबीबीएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले लिएको छनोट परीक्षामा साहले देशमै दोस्रो स्थान हासिल गरी नगरपालिका र रौतहटको मान सम्मान एवं गौरव बढाएकोले आफूले उनलाई सम्मान गरेको नगर प्रमुख यादवले बताए । एमबीबीएसको छनोट परीक्षामा रौतहटका दुई जना विद्यार्थीले पहिलो र दोस्रो स्थान प्राप्त गरेका छन् । 

ADV

सम्बन्धित खबर