२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

निरकुंश शैलीमा संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका भएन : माधव सापकोटा

shivam cement
मध्यान्ह
२०८२ असार ७ गते १४:३३
निरकुंश शैलीमा संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका भएन : माधव सापकोटा

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका नभएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सँगै अगाडि सांसदहरूलाई उभ्याएर सदन बलजफ्ती चलाउँदा लोकतन्त्रलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् ।

सांसद सापकोटाले भने, ‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन ।’ ‘यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो संसद्को ओज र गरिमालाई बढाएन भनेर म दु:ख व्यक्त गर्न चाहन्छु ।’

उनले रास्वपा र राप्रपाको मागप्रति गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराए ।

ADV

सम्बन्धित खबर

Advertise