२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

कर सप्ताह तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ७ गते १८:५९
कर सप्ताह तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

सन्धिखर्क : करदाता सेवा कार्यालय सन्धिखर्कको आयोजनामा १३ औं राष्ट्रिय कर दिवसको कर सप्ताह तथा करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूलसारका साथ करदाता सेवा कार्यालयले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी १३ औं राष्ट्रिय कर दिवस मनाएको प्रमुख कर अधिकृत स्वागत थापाले जानकारी दिए ।

२०७७ सालबाट अर्घाखाँची जिल्ला भर कर सम्बन्धि काम गर्ने यस् कार्यालयले व्यावसायीका लागि स्थायी लेखा नम्बर, विवरण भर्ने करदाताले दाखिला गर्नु पर्ने करको दर, आय विवरण, शुल्क र ब्याज सम्बन्धि व्यावस्था, आयकर सम्बन्धि राख्नु पर्ने विवरण, मूल्य अभिवृद्धी कर सम्बन्धि जानकारी, ऐन र नियमावलीमा भएको व्यवस्था, मूल्य अभिवृद्धी कर दाखिला तथा विवरण दर्ता अवद्यायिक, शुल्क ब्याज तथा थप दस्तुर, दर्ता खारेजी सम्बन्धि व्यावस्था, मुल्य अभिवृद्धी कर छुट तथा सेवाहरू, मूल्य अभिवृद्धी कर प्रयोजनका लागि राख्नु पर्ने अभिलेख तथा विवरणहरू, अन्तःशुल्क, अन्तःशुल्क लाग्ने अन्य औद्योगिक उत्पादनहरू, अन्तःशुल्क इजाजत पत्रका किसिमहरू, अन्तःशुल्क इजाजत लिनका लागि चाहिने कागजात आदिका बारेमा जानकारी गराउदै कर शिक्षा पुस्तिका २०८१ प्रकाशनमा ल्याएको अधिकृत थापाले बताए ।

शुक्रबार अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको प्रमुख आतिथ्यतामा भएको सम्मान तथा समापन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल, सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहरा, राप्ती ग्याबियन सिस्टम प्रा.लि.का संचालक प्रकाश जङ्ग पान्डे, प्रमुख कोष नियन्त्रक लक्ष्मी प्रसाद घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गा न्यौपाने, प्रशासकीय अधिकृत नुमलाल पन्थी, जिल्ला स्तरीय मदिरा नियन्त्रण समितिका सदस्य ठाकुर सौराग, सन्तोष बस्नेत राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धक गुणानिधि भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, होटल व्यावसायी संघका अध्यक्ष खेतुलाल पाध्या, सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य तारा बहादुर सुनार, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित थियो ।

कार्यक्रममा २०७९÷२०८० बाट राप्ती ग्याबिन सिस्टम प्रा.लि. का प्रोपाइटर प्रकाश जङ्ग पान्डेलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise