२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीको सम्मेलन सम्पन्न

Nada
सूर्यप्रसाद भुसाल
२०८१ कार्तिक ३० गते २१:३५
Shares
नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीको सम्मेलन सम्पन्न

सन्धिखर्क : नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीको सातौँ साधारणसभा तथा जिल्ला सम्मेलन जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला  समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै महासंघको गरिमा र महत्वलाई बुझाउन सकियो भने घरेलु उद्यमीहरुलाई टेवा पुग्ने बताए । उनले यस संस्थाको श्रीवृद्धिमा नेपाल सरकार  घरेलु कार्यालय, स्थानीय तह लगायतले महत्वपूर्ण भुमिका खेली अभिभावकत्व निभाउनुपर्ने बताए ।

ncell

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका  उद्योग अधिकृत दुर्गा न्यौपानेले संस्थाको विकासको निम्ति कार्यालयले साथ सहयोग प्रदान गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल, उद्योग वाणिज्य संघका सचिव सन्तोष बस्नेत, चेम्बर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसाल, अर्घाखाँची व्यापार संघका वरिष्ट उपाध्यक्ष लक्ष्मीनारायण चुँदाली र वरिष्ठ पत्रकार सहयोगी बिसीले शुभकामना मन्तव्य राखेका थिए ।  

हिम जिसि लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष योगेन्द्र खड्का र सञ्चालन महासचिव रामहरि भुसालले गरेका थिए । अधिवशनको बन्द शत्रले सर्वसम्मत रुपमा मूूल समिति र महिला उद्यमी समितिको गठन गरेको छ ।

मुल समितिको अध्यक्षमा रामहरि भुसाल, निवर्तमान अध्यक्ष (पदेन) हिम जिसी लेकाली   वरिस्ठ उपाध्यक्ष रुद्र सुनाम, उपाध्यक्ष रमा खत्री, महिला अध्यक्ष (पदेन) अबिना आचार्य, महासचिव, बिष्णु परियार, कोषाध्यक्ष, बसन्ता सारु, सदस्यमा क्रमशः जितबहादुर विक, भिमबहादुर विक, सदस्य माया आले, मिनाकला उपाध्याय, आशा केसी, रामचन्द्र रायमाझी  र अमर विक रहेका छन् । 

त्यसैगरी महिला समितिमा अबिना आचार्य, निवर्तमान अध्यक्ष मन्जु केसी, वरिष्ठ उपाध्यक्ष ममता अधिकारी, उपाध्यक्ष हिमकला जिसी, महासचिव सनम टण्डन, कोषाध्यक्ष सरस्वती क्षेत्री र सदस्यहरुमा क्रमशः भगवती जिएम, लक्ष्मी श्रेष्ठ, सीता दमासे, बसन्ता केसी, अनिता खनाल, नमिता चुँदाली र पुष्पा अधिकारी रहेका छन् ।

सम्बन्धित खबर