२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पार्टीबाट निलम्बित 

ADV
मध्यान्ह
२०८१ कार्तिक २४ गते १५:२६
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पार्टीबाट निलम्बित 

काठमाडौँ : मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । 

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । 

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । सो आरोप लागे लगत्तै उनले मन्त्री पद र पार्टी संसदीय दलको तर्फबाट राजीनामा समेत दिइसकेका छन् । 

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise