२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

माल्टामा चलचित्र 'पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुँदै

shivam cement
२०८१ कार्तिक २० गते १५:५६
Shares
माल्टामा चलचित्र 'पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुँदै

माल्टा : भर्खरै बजारमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ ।

यही नोभेम्बर ९ र १६ तारिक माल्टाको फागुरास्थित ग्यालारिया हलमा रातिको १०:४५ बजेको शोमा चलचित्र 'पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुने भएको हो ।

अभिनेता विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आए सँगै माल्टामा पनि प्रदर्शन हुन लागेको हो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेका छन् ।

उक्त चलचित्र माल्टामा मग्वार्ट प्रडक्सनद्वारा प्रदर्शन गर्न लागेको संयोजक गणेश लामिछानेले बताए ।

ताजा खबर

सम्बन्धित खबर