
दुबई, युएई : नेपाली सांगीतिक ब्यान्ड नेपथ्यका सम्पूर्ण कलाकार तथा सदस्यहरू दुबई आइपुगेका छन् । आगामी ४ अक्टोबर, आइतबार दुबईको द एजेन्डा, इन्टरनेट सिटीमा आयोजना हुने ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ का लागि कलाकारहरू दुबई आइपुगेपछि कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
इजी ग्रुप अफ कम्पनीजको आयोजनामा तथा एनआरएनए एनसिसी युएई र नेपाली समाज युएईमा आबद्ध सम्पूर्ण संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम आयोजना हुँदैछ ।
नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न दुबईमा रहेका नेपाली तथा नेपाली संगीतप्रेमीहरूमा उत्साह बढेको छ । नेपाली गीत–संगीत, कला र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने यो कार्यक्रम विशेष सांगीतिक साँझका रूपमा रहने अपेक्षा आयोजकले अपेक्षा गरेको छ ।