२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

रास्वपाको धनराज ‘कार्ड’

ADV
जानकी पाठक
२०८१ कार्तिक ७ गते ०६:४५
रास्वपाको धनराज ‘कार्ड’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङमाथि प्रश्न उठाएको छ । गुरुङ सहकारी ठगीमा मुछिएको भन्दै उनीहरू सरकारमाथि प्रश्न उठाइरहेका छन् । 

सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको आरोपमा लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई कास्कीको पोखरा लगिएको छ । प्रहरीले लामिछानेविरुद्ध संगठित अपराधमा समेत अनुसन्धान गरिरहको लामिछाने निर्दोश रहेको र सरकारले प्रतिसोध साधेँको भनेर रास्वपाका नेता-कार्यकर्ता पोखरा केन्द्रित प्रदर्शनमा छन् । 

पार्टी सभापतिको समर्थनमा प्रदर्शन गरिरहेका रास्वपाका नेता/कार्यकर्ताहरूले कांग्रेसका उपसभापति गुरुङमाथि प्रश्न उठाएका हुन् । गुरुङ सहकारी ठगीमा मुछिएको भन्दै उनीहरूले प्ले कार्ड समेत देखाइरहेका छन् । पार्टी सभापति रवि लामिछानेमाथिको सहकारी ठगी र संगठित अपराधमाथिको अनुसन्धानबाट मानिसहरूको ध्यान डाइभर्ट गर्नका लागि रास्वपाका नेता-कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । 

धनराजविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) उजुरी परेको छ । संसदीय छानबिन समितिले पनि गुरुङमाथि अनुसन्धान गर्न सुझाएको छ । तर, सरकार गुरुङमाथिको अनुसन्धान सरकारले अगाडि बढाएको छैन । 

रास्वपाका नेता गणेश पराजुलीका अनुसार मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो  संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गरेका छन् । उनी प्रश्न गर्छन, ‘माननीय धनराज गुरुङमाथि छानविन हुन्छ कि हुँदैन ? म कांग्रेसका माननीयहरूलाई यो प्रश्न गर्न चाहन्छु ।’ 

तर सीआईबीले ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ । सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को–ओपरेटिभको १४ करोड ८१ लाख रूपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ ।

सीआईबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । ज्योति कांग्रेस उपसभापति गुरुङकी पूर्वश्रीमती हुन् । मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रूपैयाँ हिनामिना गरेको आरोप छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । उक्त ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९१ लाख लिएको विषय बाहिरिइसकेको छ । मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले गत आइतबार ६ दिन हिरासतमा राखेर लामिछानेमाथि अनुसन्धान गर्न अनुमति दिएको थियो । ६ दिनको गणना गत शुक्रबारदेखि हुने भएकाले आज बुधबारसम्म प्रहरीले हिरासतमा राख्ने अदालतको अनुमति छ । आज प्रहरीले थप समय हिरासतमा राख्न चाहे म्याद थपका लागि प्रस्ताव लैजान सक्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise