२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा शुरु

Nada
२०८१ असोज ७ गते १३:४०
Shares
गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा शुरु

कास्कीः गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ ।

ncell

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित यही असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता छ । प्रतियोगिताको समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बी’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।

उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वतकाबीच खेल सञ्चालन भएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार प्रतियोगिताबाट आगामी कात्तिक १ गतेदेखि कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदशेसभा सदस्य प्रकाश बरालले क्रिकेट खेलाडीले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सघाउन पुग्ने बताए । बरालले भने, ‘प्रतियोगिताले युवा खेलाडी उत्पादनसँगै व्यावसायिक खेलाडी उत्पादनमा सघाउ पुग्नेछ । राष्ट्रिय गौरव जज्वलमान बनाउन क्रिकेटको महत्वपूर्ण योगदान रहेको छ ।’

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै गएको बताए । छनोट प्रतियोगिता ‘रोड टु वर्ल्ड कप’को रुपमा खेलाडीहरुले ग्रहण गर्नुपर्ने बताए । ‘नेपाली क्रिकेटको जग बलियो बनाउन उमेर समुहका प्रतियोगिताहरु महत्वपूर्ण छन् ।  खेलाडीले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन बनाउँदै प्रादेशिक तथा राष्ट्रिय टोलीमा छनोटमा पर्ने गरी मेहनत गर्नु आवश्यक छ’, उनले भने ।  

सम्बन्धित खबर