२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चन्द्रपुर नगरमा निःशुल्क आँखा र दन्त शिविर

Nada
२०८१ असोज ५ गते २१:०४
Shares
चन्द्रपुर नगरमा निःशुल्क आँखा र दन्त शिविर

चन्द्रपुर : चन्द्रपुर नगरपालिकामा निःशुल्क आँखाका साथै दन्त शिविर शुरु भएको छ । सर्वसाधारणको आँखा र दाँतको निःशुल्क उपचार गराउने उद्देश्यले सिन्दुरेघारी टोल विकास संस्थाको आयोजनामा शिविर शुरु भएको हो । शिविरको चन्द्रपुर वडा नम्बर ९ का अध्यक्ष नवराज देवकोटाले आफ्नो आँखाको परीक्षण गरेर शिविरको शुरुवात गरेका थिए ।

ncell

स्वास्थ्य परीक्षण गराउनुअघि अध्यक्ष देवकोटाले नगरपालिकाभित्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सुरुवात गरिएको शिविरबाट धेरै सर्वसाधारण लाभान्वित हुनेमा आफू विश्वस्त रहेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार  महासंघका केन्द्रीय सचिव  गोबिन्द चौलागाईंले  सेवाको भावका साथ ९ नम्बर वडाबाट सुरुवात गरिएको कार्यक्रम सबै नगरपालिकाभित्र पुग्ने बताए । 

उनले सिन्दुरेघारी टोल सधार संस्थाले ‘आफ्नो गाउँमा जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियान अन्तर्गतको वृक्षारोपण अभियानबाट हरियाली गाउँ बनाउने क्रममा  जुटेकाले धन्यवाद व्यक्त गरे । 

त्यसैगरी मुलघर सहकारीका अध्यक्ष महेन्द्र चौलागाईंले  मकै खेतीमा ब्यहोर्नुपरेको क्षति बापत प्राप्त रकमबाट स्थापना गरिएको ग्रामीण स्वास्थ्य केन्द्रमा सुरुवात  गरिएको निःशुल्क स्वास्थ्य शिविर संचालन भएकोमा खुसी व्यक्त गरे ।  

नेपाली सेनाका मेजर रामकुमार रोक्का जजामाबी सिन्दुरेघारीका प्रधानाध्यापक  सत्रुधन प्रसाद साह, निजगढ तिलगंगा अस्पतालका डाक्टर दिपक सुवेदी, ग्रामीण  स्वास्थ्य केन्द्र सिन्दुरेघारी अध्यक्ष खड्ग बहादुर कार्की, धर्मशालाका अध्यक्ष शंकर प्रसाद सत्याल लगायतका स्थानीय अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रमबाट आँखा र दाँत गरी झण्डै चार सयको संख्यामा स्वास्थ्य परीक्षण गरी औषधि समेत उपलब्ध गराइएको  छ । संस्थाका अध्यक्ष रामप्रसाद त्रिपाटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रराज चौलागाईंले गरेका थिए ।

सम्बन्धित खबर