२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संघद्वारा कार्यालय भवन खरिदका लागि योगदान गर्न व्यवसायीहरूलाई आह्वान

Nada
२०८१ असोज १ गते ०६:५०
Shares
संघद्वारा कार्यालय भवन खरिदका लागि योगदान गर्न व्यवसायीहरूलाई आह्वान

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कार्यालय भवन खरिदका लागि योगदान गर्न व्यवसायीहरूलाई आह्वान गरेको छ । राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे तीन तले घर खरिद गर्न ४ करोड ३० लाख रूपैयाँमा बैनाबट्टा गरेपछि संघले उक्त रकम जुटाउन खुला आह्वान गरेको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

ncell

हाल ९ सय ९२ वैदेशिक रोजगार व्यवसायी रहेका छन् । महासचिव भुर्तेलले भुक्तानीका लागि रकम जुटे सकेसम्म छिटो भवन पास गर्ने योजना रहेको बताए । ४ करोड ३० लाख भवनका लागि मात्रै भएको र आन्तरिक सजावट र व्यवस्थापनका लागि थप रकम आवश्यक हुने भन्दै महासचिव भुर्तेलले संघ स्थापनाको ३२ वर्षको अवधिमा आफ्नै भवन नहुनुको पीडादायी अवस्थाको अन्त्य गर्न उपयुक्त स्थानमा भवन खरिदको प्रक्रिया अघि बढाएकाले व्यवसायीबाट सक्दो योगदानको अपेक्षा गरिएको बताए । आफ्नो भवन भएमा दैनिक कार्यालय सञ्चालन, भावी योजना निर्माण र कतिपय नीतिगत छलफलमा समेत गुणात्मक परिवर्तन ल्याउन सकिने उनले दाबी गरे ।

संघले भवन खरिदका लागि न्यूनतम १ लाखदेखि २० लाख रूपैयाँसम्म योगदान गर्ने व्यवसायीलाई विभिन्न सम्मान प्रदान गरिने बताएको छ । २० लाख वा सोभन्दा बढी सहयोग गर्ने संस्था वा व्यवसायीको नाममा भवनका कार्यकक्ष नामाकरण, ताम्रपत्रसहित शिलालेखमा नामांकन गरी आजीवन सदस्यताले सम्मानित गर्ने, दश लाख सहयोग गर्ने संस्था वा व्यवसायीलाई ताम्रपत्रसहित शिलालेखमा नामांकन गरी आजीवन सदस्यताले सम्मानित गर्ने, पाँच लाख वा सोभन्दा बढी सहयोग गर्ने संस्था वा व्यवसायीलाई ताम्रपत्रसहित शिलालेखमा नामांकन गरी सम्मानित गर्ने, तीन लाख सहयोग गर्ने संस्था वा व्यवसायीलाई सम्मानपत्र र शिलालेखमा नामांकन गर्ने निर्णय गरेको संघले बताएको छ । 

संघले सदस्य व्यवसायीहरूलाई न्यूनतम एक लाख रूपैयाँ योगदान गर्नुपर्ने बताएको छ । संघ कार्यसमिति सल्लाहकार, विभिन्न शुभेच्छुक घटक तथा घटक संस्थाका अध्यक्ष, महासचिव र प्रतिनिधिको सहभागितामा बसेको वैठकले भवन खरिदका लागि आवश्यक रकम जुटाउन योगदान गर्नुपर्ने रकम तोकिएको पनि महासचिव भुर्तेलले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर