२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

सांगीतिक प्रस्तुति दिन गायिका रिता कतारमा

shivam cement
तिलु शर्मा पौडेल
२०८१ भदौ १९ गते २१:११
सांगीतिक प्रस्तुति दिन गायिका रिता कतारमा

दोहा, कतार : भर्षटायल गायिका रिता केसी कतार आइपुगेकी छन् । दाङ देउखुरी सेवा समाज कतारको आयोजना र लुम्बिनी प्रदेश समन्वय परिषद् कतार अन्तर्गतका जिल्ला संस्थाहरूको सह आयोजनामा आगामी शुक्रबार हुने "तिज विशेष सांस्कृतिक कार्यक्रम-२०२४" मा सांगीतिक प्रस्तुति दिन उनी बुधबार बिहान कतार आइपुगेकी हुन् l

गायिका केसीको स्वागतका लागि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा समाजका अध्यक्ष रण बहादुर केसी,सचिव सुरत शाही, कार्यक्रम संयोजक मनीषा खड्का, सामाजिक व्यक्तित्व झबिन्द्र आचार्य, लोक तथा दोहोरी गायिका इन्दिरा शाह सहित कार्यसमितिका पदाधिकारीहरू पुगेका थिए । गायिका केसीले विमानस्थलबाट आफू कतार आइपुगेको जानकारी गराउँदै पर्सी शुक्रबार हुन लागेको तिज विशेष कार्यक्रममा कतार वासी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि अनुरोध गरेकी छिन् l

कलाकार कतार आइपुगेसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष केसीले बताए l हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागी छात्रवृत्ति कोषको स्थापना सहयोगार्थ आयोजना हुने उक्त कार्यक्रम शुक्रबार बिहान अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टमा बिहान ११ बजेबाट शुरु हुनेछ l

रोल्पाली सेवा समाज, ठकुरी सहयोग सञ्जाल र परियार मित्रता समाज कतारको विशेष सहयोगमा उक्त कार्यक्रम सम्पन्न हुँदैछ l  करिब एक दशक पहिले सार्वजनिक भएको 'ओइ सुन्तली' तिज गीतमा समावेश 'बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन् मेरा त बुढाले रक्सी खाँदैनन्' भन्ने अन्तरासहित गायिका केसीले स्वर भरेका वनको चरी, के पर्‍यो कान्छाको, मुटु चुँडिन्छ, नाच्नमा एक नम्बरलगायतका सयौं गीतहरू चर्चामा छन् ।

ADV

सम्बन्धित खबर

Advertise