२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता

Nada
२०८१ भदौ १२ गते २१:१४
Shares
कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता

काठमाडौं : कुमारी बैंक र र्‍याडिसन होटलबीच बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ncell

सम्झौता अनुसार कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेससम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईहरु मार्फत् बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर