२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चितवनको घुमाउनेमा बस दुर्घटना, १७ जना घाइते

Nada
२०८१ भदौ ९ गते ११:२८
Shares
चितवनको घुमाउनेमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं : मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

ncell

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते हुनेहरूमा कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा थापा, कैलाली लम्किचुहा न.पा.३ की २३ वर्षीया हरिकला थापा, लम्किचुहा ३ कै १९ वर्षीय कैलाश वि.क, लम्किचुहा ३ बै २७ वर्षीय कृष्णा वि.क.सामान्य घाइते छन् ।

त्यस्तै लम्किचुहा ३ बस्ने वर्ष ३५ की जयन्ती बि.क, कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार, कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना, कैलालीको गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट, बझाङ वित्थडचिर गा.पा ४ का २२ वर्षीय बसन्त बोहोरा, कन्चनपुर भीमदत्त न.पा.१७ का ३४ वर्षीय धरम खड्का घाइते भएका छन् ।

त्यसैगरी कन्चनपुर भीमदत्त न.पा.१० का २० वर्षीय दिपेश भट्ट, दार्चुला महाकाली न.पा.६ का २३ वर्षीय लक्ष्मण बम, कन्चनपुर भीमदत्त न.पा.९ का २५ वर्षीय भिमसेन सार्की, बैतडी दशरथचन्द न.पा.२ का ३७ वर्षीय जनक बिजाली, कन्चनपुर भीमदत्त न.पा.४ का २३ वर्षीय विनोद सार्की, डडेलधुरा गन्यापधुरा गा.पा.३ का ३३ वर्षीय देवबहादुर भुल र चितवन भरतपुर म.न.पा.५ का २५ वर्षीय विपिन न्यौपाने घाइते भएका हुन् ।

घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

ताजा खबर

सम्बन्धित खबर