२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

Nada
२०८१ भदौ ६ गते १७:३५
Shares
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं : राष्ट्रिय सभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विनासंशोधन पारित भएको छ । 

ncell

सभाको आजका बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरे ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि कानूनमन्त्री चौरसियाद्वारा प्रस्तुत ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्तावमाथि दफावार प्रारम्भ हुने जानकारी गराएका थिए । उनले उक्त प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता नभएको व्यहोरा जानकारी गराए । सो प्रस्तावमाथि दलीय आधारमा छलफल भएको थियो । राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।

उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो । सो विधेयक २०७९ फागुन २५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । प्रतिनिधि सभामा उत्पत्ति भएको सो विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । 

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्यवनमा आउनेछ । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ९ गते आइतबार अपराह्न १ः१५ बजे बस्नेछ ।

ताजा खबर

सम्बन्धित खबर