२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्नुहोस् : उपप्रधानमन्त्री सिंह

Nada
२०८१ भदौ ४ गते १२:१९
Shares
सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्नुहोस् : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेकाे बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्ताे बताएका हुन् । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणकाे काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए ।

ncell

उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेकाे भन्दै परिणाम देखिन केही समय लाग्ने उनले बताए । 'जसरी चलिरहेकाे छ त्यसैगरि चलाउँ भनेर हुँदैन । सुधारका लागि  काम गर्न प्रयास गरिरहेकाे छु । त्यसमा केही समय लाग्छ,' उनले भने, 'संविधानले दिएकाे अधिकारलाई आवश्यक कानून बनाएर  कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनकाे महसुस गराउन सक्नुपर्छ।' अहिलेकाे सरकारलाई काम नगर्ने छुट नभएकाे भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए ।

देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेकाे पनि उपप्रधानमन्त्री सिंहले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेकाे भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेकाे उनले बताए ।

उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’

ताजा खबर

सम्बन्धित खबर