
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको छ ।