२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

सिर्जनात्मक उद्योग बन्नुपर्छ संगीत क्षेत्र : अध्यक्ष अग्रवाल 

Nada
२०८३ असोज २५ गते २०:४२
Shares
सिर्जनात्मक उद्योग बन्नुपर्छ संगीत क्षेत्र : अध्यक्ष अग्रवाल 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित दसैं  विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन् ।

ncell

उनले भने, ‘नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ यसका लागि नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक छ र विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने अवसर सिर्जना गरिनु पर्दछ ।’  

अध्यक्ष अग्रवालले नेपाली संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्त्वपूर्ण आधार भएको बताए । अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक र डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उनले उल्लेख गरे ।  

अध्यक्ष अग्रवालले कलाकारहरू राष्ट्रका सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संगीतलाई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने बताए । नेपाली संगीतको विश्व बजारमा विस्तारका लागि सरकार, निजी क्षेत्र, संगीत क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । 

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताए । मल्होत्राले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्धनमा संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । देशको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासका अभियानमा सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । 

ताजा खबर

सम्बन्धित खबर