२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

कांग्रेसमा अब १५ सहमहामन्त्री रहने

Nada
२०८३ असोज १९ गते १३:३६
Shares
कांग्रेसमा अब १५ सहमहामन्त्री रहने

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने भएको छ ।

ncell

विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक-अपांगता भएका समुदायबाट एक-एक जना गरी नौ सहमहामन्त्री चयन हुनेछन् ।

काँग्रेसले सहमहामन्त्रीमा समावेशी क्लस्टरसँगै खुला प्रतिस्पर्धाबाट समेत नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ ।

खुलातर्फ दुई सहमहामन्त्री निर्वाचित हुनेछन् । यसअघिको व्यवस्थामा सहमहामन्त्री पदमा खुलातर्फबाट चयन हुने व्यवस्था थिएन ।

समावेशी प्रतिनिधित्वमा समेत एउटा क्लस्टर थपिएको छ । अघिल्लो महाधिवेशनमा नरहेको अल्पसंख्यक- अपांगता भएका समुदायको क्लस्टरलाई नयाँ व्यवस्थामा समेटिएको छ ।

यससँगै समावेशी समूहबाट चयन हुने सहमहामन्त्रीको संख्या नौ पुग्नेछ ।

विधान संशोधनले पार्टी सभापतिलाई चार सहमहामन्त्री मनोनीत गर्ने अधिकारसमेत दिएको छ । सभापतिले मनोनीत गर्ने चारमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी नौ समावेशी क्लस्टरबाट निर्वाचित, दुई खुलाबाट निर्वाचित र चार सभापतिबाट मनोनीत गरी काँग्रेसमा कुल १५ सहमहामन्त्री रहनेछन् ।

नयाँ व्यवस्थासँगै कांग्रेसको सहमहामन्त्री तहमा निर्वाचित तथा मनोनीत दुवै प्रणालीबाट नेतृत्व चयन हुने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर