२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

बाघको आक्रमणबाट एक जनाको मृत्यु

Nada
२०८३ असोज १६ गते १४:४५
Shares
बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली : बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

ncell

गौरीगंगा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनी सँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर