२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न ९ सदस्यीय समिति

Nada
२०८३ असोज १६ गते १३:००
Shares
म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न ९ सदस्यीय समिति

काठमाडौँ : म्यादी प्रहरीको कपडा खरिदमा अनियमितताको आशङ्का देखिएपछि सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

ncell

शुक्रबार बसेको समितिको बैठकले झाको नेतृत्वमा समिति गठन गर्दै दुई महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन् ।

बैठकमा सांसदहरूले तत्काल छानबिन समिति गठन गर्नेभन्दा पहिले सम्बन्धित कागजात तथा प्रतिवेदन अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । सांसद खगेन्द्र सुनारले खरिद प्रक्रियामा प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि जनाए ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रहरीका आईजीपीहरूले बुझाएका प्रतिवेदन अध्ययन नगरी छानबिनमा जान नहुने बताइन् । एमाले सांसद ऐन महरले पनि उठेका प्रश्नको अध्ययन आवश्यक रहेको भन्दै छानबिनको सट्टा अध्ययन तथा अन्वेषण समिति बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर