२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

Nada
२०८३ असोज १५ गते १५:५५
Shares
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज (पर्सा) : वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । 

ncell

वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि  महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको हो । 

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको जानकारीमा आएपछि दुई दिन अनिवार्य बिदा गर्न निर्देशन दिइएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।  

नगर शिक्षा समितिको यही असोज ५ गतेको निर्णयअनुसार महाशाखाले परिपत्र जारी गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न सबै विद्यालयलाई ताकेता गरेको हो । महानगरले भनेको छ, “शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शनिबार र आइतबार गरी दुई दिन बिदा दिँदा विद्यार्थीको पठनपाठन समय तथा वार्षिक कार्यघण्टामा कमी आउन नदिने गरी विद्यालयले आवश्यक व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर र आवश्यक बिदालाई समायोजन गर्न विद्यालयसँग आग्रह  छ ।”

ताजा खबर

सम्बन्धित खबर