
इटहरी : सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरु भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरु भएको मेला असोज २० गतेसम्म जारी रहनेछ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना, कोशी प्रदेश सरकार तथा स्थानीय आठ वटा पालिकासँगको सहकार्यमा आयोजित मेलाको सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरे । श्रममन्त्री रामजी यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहलगायत सहभागी थिए ।









