
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औं महासभा नेपालको हित प्रवर्धनका लागि निकै फलदायी रहेको दाबी गरे । उनले महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको बताए ।
उनले नेपालको राष्ट्रिय हितका लागि प्राप्त अवसरहरूको उच्चतम प्रयोग गरिएको स्पष्ट पारे । प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा मन्त्री राणाले सरकार बनेलगत्तै भारतबाट भ्रमणको निम्तो प्राप्त भएको स्मरण गराए ।
सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले भ्रमणले सम्बन्धलाई अझ सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गरे ।