२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

भोटेकोशी–त्रिशूली संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निश्चित

Nada
२०८३ असोज १३ गते १६:२०
Shares
भोटेकोशी–त्रिशूली संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निश्चित

काठमाडौं : भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली बन्ने निश्चित भएको छ ।

ncell

एकल उम्मेदवारी परेसँगै समितिको सभापति पराजुली बन्ने निश्चित भएको हो ।

उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्। पराजुलीको प्रस्तावकमा नेपाली कांग्रेसका मोहन आचार्य छन् ।

समर्थकमा नेकपा एमालेका पुष्पराज कँडेल, नेकपाका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र रास्वपाकी निशा डाँगी छन् ।

रसुवामा भदौ १० गते गएको विनाशकारी बाढीपछिको पृष्ठभूमिमा असोज ५ गते संसदीय विशेष समिति गठन भएको थियो । समितिको अवधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ ।

१५ सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु समितिको उद्देश्य रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर