२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छ : विद्यादेवी भण्डारी

Nada
२०८३ असोज १३ गते १५:३७
Shares
औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छ : विद्यादेवी भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन् ।

ncell

मंगलवार रुपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले उद्योगी व्यवसायीहरूसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् । नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताएकी छन् ।

उनले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी समेत लुम्बिनीमै पाएको स्मरण गर्दै फेरि वरिष्ठ नेताहरूको रूपमा समेत यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताइन् ।

भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुंगो लाग्न बाँकी रहेको बताइन् ।

उनले भनिन्, ‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो । र सोही समयमा हामीले यो ठाउँलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा भएको थियो । र त्यो सबै आज पूरा भएको छ । हामी सबैको लागि खुशीको कुरा हो । आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रो राम्रो बाटो पनि बनेको छ । अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने ? उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरे औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै हामी अगाडि लाग्नुपर्ने छ । विश्वमा यसै प्रसिद्ध रहेको लुम्बिनी यी सबै संरचना बनेपछि झनै प्रसिद्ध भएको छ । सुखद् संयोग भन्नुपर्छ, यो पार्टीले मलाई वरिष्ठ नेता मनोनीत गरेको छ । मैले त आफूलाई वरिष्ठ नेता भन्न चाहेको थिएन सबै जनाले भनेको भनेइ गर्नुहुन्छ । हुन त औपचारिक रूपमा कसरी जिम्मेवारीमा सुरुवात गर्ने हो ? टुंगो लागिसकेको छैन । तर पनि यहाँ गौरव लागेको छ ।’

हालै सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो । वरिष्ठ नेता मनोनीत भएपछि उनको यो उपत्यका बाहिरको पहिलो भ्रमण हो ।

ताजा खबर

सम्बन्धित खबर