२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

लोडसेडिङको अवस्थाबाट मुक्त छौँ : कुलमान घिसिङ

Nada
२०८१ भदौ १ गते १३:४६
Shares
लोडसेडिङको अवस्थाबाट मुक्त छौँ : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङ अन्त्य भएको बताएका हुन् । 

ncell

आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ, नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको उनले बताए । हाल वर्षायाममा देशभित्र खपत गरी दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ, उनले भने-'२०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।'

उनले  प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । वर्षायाममा विद्युत् भारत निर्यात गरी बिदेशी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको उनले बताए । 

ताजा खबर

सम्बन्धित खबर