
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि प्रसाईंलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ । यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै छुट्दै आएका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा थप तथ्यहरू खुल्ने जनाएको छ ।