
पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ बोटे टोलस्थित होटल रिभर क्राउनको क्रुज (पानी जहाज) नारायणी नदीमा बगेपछि निकाल्ने प्रयास भइरहेको छ ।
मिति २०८३ असोज १२ गते साँझ नारायणी नदीको पानीको बहावले बगाएको क्रुज नदीको पुलको पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
क्रुज निकाल्नका लागि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँ तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गुल्म, पूर्वी नवलपरासीबाट संयुक्त टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा खटिएको छ ।
हाल टोलीले अड्किएको क्रुजलाई सुरक्षित रूपमा निकाल्ने कार्य गरिरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।