
सोलुखुम्बु : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सोलुखुम्बु, सोताङ गाउँपालिकाका कृष्णबहादुर कार्कीले महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
सोताङ गाउँपालिकाको सभापतिको जिम्मेवारी सम्हालिसकेका कार्की स्थानीय स्तरमा सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । स्थानीयवासीसँगको निरन्तर सम्पर्क र विभिन्न सामाजिक कार्यमा सक्रियताका कारण उहाँ स्थानीय स्तरमा परिचित व्यक्तिका रूपमा रहेको बताइन्छ ।
कार्कीले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताबीचको सहकार्य तथा स्थानीय तहका सवाललाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको पोस्टरमार्फत जनाएका छन् ।