२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

Nada
२०८३ असोज १० गते १४:२०
Shares
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ : बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ । 

ncell

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । 

घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए। अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर