२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमालेमा विद्यादेवी भण्डारी बनिन् सम्मानित वरिष्ठ नेता

अध्यक्ष केपी ओलीपछिको वरियता

Nada
२०८३ असोज ८ गते १५:१४
Shares
एमालेमा विद्यादेवी भण्डारी बनिन् सम्मानित वरिष्ठ नेता

काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ । केन्द्रीय कमिटी बैठकले उनलाई सम्मानित वरिष्ठ नेता बनाएको हो ।

ncell

एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको थियो ।

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो ।

सचिवालय बैठकको प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको हो । 

२०८३ जेठ ३ गतेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको थियो ।

नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर